(१) थुनुवा वा कैदी बाहेक अरू कसैले थुनुवा वा कैदीलाई भगाएमा वा भगाउने उद्योग गरेमा निजलाई देहाय बमोजिम सजाय
हुनेछ –
(क) सम्बन्धित अड्डा वा अदालत वा कारागारका कर्मचारीले घूस खाई वा मरमोलाहिजा गरी भगाएको रहेछ भने घूस खाएकोमा सो घूसको बिगो समेत जफत गरी निजलाई –
(१) … … …
(२) जन्म कैदको सजाय पाएको कैदी वा त्यस्तो
सजाय हुने अपराधको अभियोग लागेको थुनुवा भगाएको
भए दश वर्ष कैदै,
(३) अरू थुनुवा वा कैदी भगाएको भए घूस खाएकोमा सो
घूसको बिगो बमोजिम जरिवाना समेत गरी दुई वर्षदेखि
६ वर्षसम्म कैदै ।
(ख) खण्ड (क) मा लेखिए बाहेकका अन्य सरकारी कर्मचारीले घूस
खाई वा मरमोलाहिजा गरी भगाएको रहेछ भने घूस खाएकोमा
सो घूसको बिगो समेत जफत गरी निजलाई –
(१) … … …
(२) जन्म कैदको सजाय पाएको कैदी वा त्यस्तो
सजाय हुने अपराधको अभियोग लागेको थुनुवा भगाएको
भए ६ वर्ष कैद,
(३) अरू थुनुवा वा कैदी भगाएको भए घूस खाएकोमा सो
घूसको बिगो बमोजिम जरिवाना समेत गरी दुई वर्षदेखि
६ वर्षसम्म कैद ।
(ग) सम्बन्धित अड्डा वा अदालत वा कारागारका कर्मचारीले खण्ड(क) मा लेखिए बमोजिम नगरी आफ्नो कर्तव्य पालनमा लापरवाही मात्र गरी भगाएको रहेछ भने निजलाई ६ महिनासम्म कैदै वा दुई सय रुपैयाँसम्म जरिवाना वा दुबै ।
(घ) सरकारी कर्मचारी बाहेक अरू कसैले भगाएमा निजलाई –
(१) … … ……………..
(२) अरू थुनुवा वा कैदी भगाएको भए दुई वर्षसम्म कैदै वा पाँचसय रुपैयाँसम्म जरिवाना,
तर यस खण्ड बमोजिम सजाय गर्दा भाग्ने थुनुवा वा कैदीलाई भएको वा हुन सक्ने बाँकी कैदको आधा भन्दा बढी हुने गरी सजाय गरिने छैन ।
(ङ) कसैले कुनै थुनुवा वा कैदी भगाउने उद्योग गरेकोमा सो थुनुवा वा कैदी भाग्न नपाउँदै जाहेर भएकोमा ६ महिना सम्म कैदै वा दुई सय रुपैयाँ सम्म जरिवाना ।
(२) उपदफा (१) को खण्ड (क), (ख) वा (ग) मा लेखिएका व्यक्तिले कुनै थुनुवा वा कैदी भगाएकोमा बिगो समेत बुझ्न वा दिलाउन पर्ने रहेछ भने सो भगाउने व्यक्तिबाट भरी भराउ गर्नुपर्छ ।
(३) कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाई सजाय हुनेछ ।
(४) कुनै थुनुवा भागेमा मुद्दा फैसला भएपछि निजलाई भएको सजायमा निजले भाग्नु भन्दा अघि थुनामा बसेको अवधि कट्टा गरी बाँकी हुने सजायमा डेढी बढाई सजाय कायम गरी त्यसमा निज भाग्नु भन्दा अघि वा पछि थुनामा रहेको जम्मा अवधि कट्टी गरी बाँकी रहन आउने सजाय हुनेछ ।
(५) उपदफा (३) वा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरू बमोजिम डेढी बढाई सजाय कायम गर्दा भाग्ने थुनुवा वा कैदी जुन अपराधमा कैद परेको हो सो अपराधमा हुन सक्ने सजायको उपल्लो हदको सवाई भन्दा बढी हुने गरी सजाय कायम गरिने छैन ।
(६) उपदफा (३), (४) वा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरू बमोजिम सजाय गर्दा बीस वर्ष भन्दा बढी कैदै हुने गरी सजाय गरिने छैन ।